AMI Nepal

About Us

About AMI NEPAL

प्रभु येशूले भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, गहूँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ। तर त्यो मर्‍यो भने त्यसले धेरै फल फलाउँछ” (यूहन्‍ना १२:२४)।


AMI Nepal

नेपालमा सन् २००४ मा स्थापित यो संस्था परमेश्‍वरको राज्य विस्तार गर्न चाहनेहरूलाई सहायता गर्न तत्पर छ। AMI को संस्थापक अध्यक्ष डा. थोमस ह्‍वाङ हुनुहुन्छ। उहाँले स्थापना गर्नुभएको  AMI College & Seminary मार्फत एसिया, मध्यपूर्व र अफ्रिकामा  ७,००० भन्दा बढी व्यक्तिहरूले बाइबलीय शिक्षा लिइहरेका छन्। 

थोमस ह्‍वाङले १५ वटा पुस्तकहरू लेखिसक्‍नु भयो र ती पुस्तकहरू English, Nepali, Sherpa, Tibetan, Lhomi, Hyolmo, Burmese, Bhutanese, Hmong, Kachin, Shan, Russian, Lisu, Cambodian, Indonesian, Hindi, Bengali, Lao, Vietnamese, Chinese, Spanish र Japanese भाषाहरूमा अनुवाद भइसकेका छन्। उहाँले दक्षिण कोरियाको Seoul National University बाट स्‍नातक गर्नुभएपछि उच्‍च शिक्षा हासिल गर्न सन् १९६८ मा संयुक्त राज्य अमेरिका जानुभयो। उहाँले Michigan State University र Pittsburg State University बाट B.B.A. र M.B.A. अध्ययन गर्नुभयो। ईश्‍वरीय बोलावट आएपछि अमेरिका र क्यानडाको व्यवसाय छोडेर उहाँले आफूलाई प्रभुको सेवामा समिर्पित गर्नुभयो। सेवकाइ सुरु गर्नुभन्दा पहिले उहाँले क्यानडाको टोरोण्टो सहरको Tyndale University College and Seminary बाट M.Div. अनि संयुक्त राज्य अमेरिकाको सिकागो, डियरफिल्ड, इलिनोइसमा भएको Trinity Evangelical Divinity School बाट बाइबलीय ईश्‍वरशास्‍त्रमा विद्यावारिधि हासिल गर्नुभयो।

त्यसपछि उहाँले Evangelical Fellowship of Canada मा परिषद्को सदस्य भई केही समय सेवा गर्नुभयो साथै Tyndale University College and Seminary मा प्राध्यापन पनि गर्नुभयो। संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सहरको Alliance Theological Seminary मा प्राध्यापकको रूपमा सेवा गरिरहँदा, उहाँ GCOWE’95,  Global Consultation of World Evangelization‍- 95 को व्यवस्थापन समितिमा कार्यकारी अधिकृतको पदमा छानिनुभयो र उहाँलाई दक्षिण कोरियामा आयोजना हुन गइरहेको विश्‍वव्यापी सुसमाचार अभियानसम्बन्धी सम्मेलनमा महत्वपूर्ण जिम्मेवारी प्रदान गरियो। त्यसपछि उहाँ आफैले स्थापना गर्नुभएको AMI भन्‍ने संस्थाद्वारा प्रभुको सेवकाइ गर्न दक्षिण कोरिया फर्किनुभयो। उहाँले AMI Satellite Broadcasting Inc. भन्‍ने सञ्‍चार केन्द्र स्थापना गरी एसिया र अफ्रिकामा सुसमाचार सुन्‍न नपाएका मानिसहरूका लागि रेडियोद्वारा प्रचार गर्ने सेवकाइ सुरु गर्नुभयो। हाल उहाँ AMI Church को वरिष्ठ पास्टरको रूपमा सेवकाइ गर्दैहुनुहुन्छ। त्यसको साथै वृद्ध अवस्थामा पनि उहाँ येशू ख्रीष्टको महान् आदेश पालन गर्दै विभिन्‍न राष्ट्रहरूमा (मुस्लिम राष्ट्रहरूमा पनि) चेलापन र अगुवापन गोष्ठी, पुस्तक प्रकाशन, श्रव्य-दृश्य, इन्टरनेट र सञ्‍चारको अन्य माध्यमहरूद्वारा परमेश्‍वरको राज्य विस्तार गर्ने काम गरिरहनुभएको छ।

विशेषगरी घर-परिवार, काम‍-व्यवसाय र मण्डलीको सेवकाइ छोडेर लामोसमय बाइबल अध्ययन गर्न टाढा जान नसक्‍नेहरूका लागि Diploma, B.Th. र M.Div अध्यन गराउने सेवामा यो संस्था लामो समयदेखि स्थिररूपमा लागी परिरहेको छ।

“यसकारण मेरा प्रिय भाइ हो, स्‍थिर र अटल रहो। प्रभुको काममा सधैँ बढ्‌दैजाओ। किनकि तिमीहरू जान्‍दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्‍यर्थ हुँदैन” (१ कोरिन्थी १५:५८)।

Contact:
AMI Nepal Center
Email: aminepalorg@gmail.com
Website: www.aminepal.net

Our Mission

Our History

AMI College and Seminary

UpComing Event
GRAND GATHERING

Venue: Seminar Hall

Our Board Members

AMI Nepal Director

Nepal Director

nepal

shyamshrestha_philip@yahoo.com +977-9841-269-2693

User Reviews