AMI Nepal

UpComing Event
Seminar

Venue: Church

AMI (Antioch Missions International)

यो संस्था परमेश्‍वरको राज्य विस्तार गर्ने खेतालाहरूलाई ईश्‍वरशास्‍त्रीय ज्ञानमा सुसज्जित पार्ने सेवकाइमा समर्पित छ। बाइबलीय ज्ञानमा Diploma, B. Min., B. Th., M. T. S. र M. Div. अध्ययन गरी  सेवकाइ गर्न चाहनेहरूलाई AMI ले विशेष किसिमले सहायता गर्छ। 

डा. थोमस ह्‍वाङ AMI, Antioch Missions International को संस्थापक अध्यक्ष हुनुहुन्छ। प्रभु येशूको महान् आदेशअनुसार यो संस्था सुसमाचार सुन्‍न नपाएकाहरूलाई प्रचार गर्ने कामप्रति समर्पित छ। AMI College & Seminary मार्फत एसिया, मध्यपूर्व र अफ्रिकाको २७ देशहरूका ७,००० भन्दा बढी पास्टर तथा अगुवाहरूले AMI बाट ईश्‍वरशास्‍त्रीय तालिम लिइरहेका छन्। अन्तिम कटनीको निम्ति परिश्रम गर्ने यी विश्‍वासयोग्य खेतालाहरूको निम्ति परमेश्‍वरलाई धन्यवाद!

डा. थोमस ह्‍वाङले १५ वटा पुस्तकहरू लेखिसक्‍नु भयो र तीमध्ये अधिकांश पुस्तकहरू नेपाली (Nepali), शेर्पा (Sherpa), तिब्बती (Tibetan), ल्होमी (Lhomi), ह्‍योल्मो (Hyolmo) बर्मेली (Burmese), भुटानी (Bhutanese), मङ्ग (Hmong), क्याचिन (Kachin), शान (Shan), अङ्ग्रेजी (English), रुसी (Russian), लिसु (Lisu), कम्बोडियाली (Cambodian), इण्डोनेसियाली (Indonesian), हिन्दी (Hindi), बङ्गाली (Bengali), लाओसी (Lao), भेतनामी (Vietnamese), चिनिया (Chinese), स्पानिस (Spanish) र जापानी (Japanese) भाषाहरूमा अनुवाद भइसकेका छन्। मण्डलीमा सेवा गर्नेरूलाई बाइबलीय शिक्षामा सुसज्जित पार्ने अभिप्रायले नेपालमा २,५०,००० भन्दा बढी पुस्तकहरू प्रकाशन भइसकेका छन्।

थोमस ह्‍वाङले कोरियाको Seoul National University स्‍नातक (B.S.) गर्नुभएपछि उच्‍च शिक्षा हासिल गर्न इ.सं.१९६८ मा संयुक्त राज्य अमेरिका पुग्‍नुभयो। त्यहाँ गएर उहाँले Michigan State University मा अध्ययन गर्नुभयो। उहाँले Pittsburg State University बाट B.B.A., Bachelor in Business Administration र M.B.A., Master in Business Administration सकाउनुभयो। अमेरिका र क्यानडाको व्यापारिक सफलतापछि उहाँले आफूलाई प्रभुको सेवामा समिर्पित गर्नुभयो।

सेवकाइ सुरु गर्नुभन्दा पहिले उहाँले क्यानडाको टोरोण्टो सहरको Tyndale University College and Seminary बाट M.Div. अनि संयुक्त राज्य अमेरिकाको सिकागो, डियरफिल्ड, इलिनोइसमा भएको TEDS, Trinity Evangelical Divinity School बाट विद्यावारिधि (Ph.D.) हासिल गर्नुभयो।

ईश्‍वरशास्‍त्रमा विद्यावारिधि प्राप्‍त गरेपछि उहाँले EFC, Evangelical Fellowship of Canada भन्‍ने संस्थामा परिषद्को सदस्य भई केही समय सेवा गर्नुभयो साथै Tyndale University College and Seminary को संचालन समितिको सदस्य भई प्राध्यापन पनि गर्नुभयो। संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सहरको Alliance Theological Seminary मा प्राध्यापकको रूपमा सेवा गरिरहँदा, उहाँ GCOWE'95,  Global Consultation of World Evangelization '95 को कार्यकारी व्यवस्थापन समितिमा कार्यकारी अधिकृतको पदमा छानिनुभयो र उहाँलाई दक्षिण कोरियामा आयोजना हुन गइरहेको विश्‍वव्यापी सुसमाचार अभियानसम्बन्धी सम्मेलनमा महत्वपूर्ण जिम्मेवारी प्रदान गरियो।

त्यसपछि उहाँ आफैले स्थापना गर्नुभएको AMI भन्‍ने संस्थाद्वारा प्रभुको सेवकाइ गर्न दक्षिण कोरिया जानुभयो। कोरियामा उहाँले AMI Satellite Broadcasting Inc. भन्‍ने सञ्‍चार केन्द्र स्थापना गरी एसिया र अफ्रिकामा सुसमाचार सुन्‍न नपाएका मानिसहरूका लागि रेडियोद्वारा प्रचार गर्ने सेवकाइ सुरु गर्नुभयो। हाल उहाँ AMI Church को वरिष्ठ पास्टरको रूपमा सेवकाइ गर्दैहुनुहुन्छ। त्यसको साथै वृद्ध अवस्थामा पनि येशू ख्रीष्टको महान् आदेश पालन गर्दै विभिन्‍न राष्ट्रहरूमा (मुस्लिम राष्ट्रहरूमा पनि) अगुवापन गोष्ठी, पुस्तक प्रकाशन, श्रव्य-दृश्य, इन्टरनेट र सञ्‍चारको अन्य माध्यमहरूद्वारा परमेश्‍वरको राज्य विस्तार गर्ने काम गरिरहनुभएको छ। यी सबैबाट त्रिएक परमेश्‍वरलाई महिमा मिल्‍न सकेको होस्।

"यसकारण मेरा प्रिय भाइ हो, स्‍थिर र अटल रहो। प्रभुको काममा सधैँ बढ्‌दैजाओ। किनकि तिमीहरू जान्‍दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्‍यर्थ हुँदैन" (१ कोरिन्थी १५:५८)।


Academic & Biblical Qualification of Thomas Hwang:- 
Seoul National University (B.B.S.) - South Korea 
Pittsburg State University (B.B.A. & M.B.A.) - U.S.A. 
Tyndale University and Seminary (M.Div.) - Canada 
Trinity Evangelical Divinity School (Ph.D.) - U.S.A.

Contact:
Email: aminepalorg@gmail.com
Website: www.aminepal.net

Read More

News & Articles

AMI NEPAL
14 Feb 2024

AMI College and Seminary

AMI College & Seminary (ACS) is an institution for theological education certified by The General Assembly of the Presbyterian Church in Korea. It was founded as a seminary for internationals residing in Korea and has been run by Antioch Mission International (AMI) to spread the Gospel effectively to the unreached people groups in the 10/40 […]

AMI NEPAL
28 Jan 2024

GRADUATION – III Batch – 2025

AMI College & Seminary, Nepal को 3rd Bath विद्यार्थीहरूको दिक्षान्त समारोह सम्पन्‍न भयो। उक्त कार्यक्रम तीन चरणमा गरिएको थिए जसमा ४८ जना विद्यार्थीहरूले B.Th. Degree प्राप्‍त गरेका थिए। ती तीन वटा दिक्षान्त कार्यक्रमहरू सिमरा, हेटौडा र चरिकोटमा आयोजना गरिएका थिए। दिक्षान्तित विद्यार्थीहरूको नाम यस प्रकार छन्ः Asmanjan Chaudhary, Ashok Bahadur Adhkari, Asta Bahadur Nyasur, Balaram […]

News
04 Jan 2024

AMI Seminar

इ.सं. २०२५ जनावरी १४ तारेखको दिन हेटौडामा एकदिने सेमिनार।

User Reviews