AMI Nepal

News मत्ती २४:८ मा उल्लेखित प्रसववेदना को हो?

मत्ती २४:८ मा उल्लेखित प्रसववेदना को हो?

/News
12 May 2026

हामी येशूको दोस्रो आगमनको नजिकै प्रसववेदनाको समयमा बाँचिरहेका छौं। (प्रसववेदनालाई ग्रीकमा Odinon र अंग्रेजीमा Birth Pangs अथवा Birth Pains भनिन्छ, मत्ती २४:८)। येशूको दोस्रो आगमनभन्दा (असल खबरभन्दा) पहिले यी प्रसववेदनाहरू महसुस गरिनैपर्छ। येशूले यी प्रसववेदनाहरू हुनैपर्छ (dei in Greek) भन्‍नुभयो किनभने बालकको जन्म हुन यी आवश्यक छन्। जैतून डाँडाबाट शिक्षा दिनुहुँदा येशूले यी प्रसववेदनाहरूको बारेमा भविष्यवाणी गर्नुभएको थियो।

यी प्रसववेदनाहरू हाम्रो जीवनका विभिन्न पक्षहरूमा हुनेछन् भनी येशूले घोषणा गर्नुभयो: (१) प्राकृतिक प्रसववेदना (भूकम्प; मत्ती २४:७; प्रकाश ६:१२-१७), (२) राजनीतिक प्रसववेदना (युद्धहरू, राष्ट्रहरू बीच द्वन्द्व; मत्ती २४:६-७; प्रकाश ६:३-४), (३) आर्थिक प्रसववेदना (अनिकाल; मत्ती २४:७; प्रकाश ६:५-६), (४) स्वास्थ्यजन्य प्रसववेदना (महामारी; मत्ती २४:७; लूका २:१; प्रकाश ६:७-८), (५) सामाजिक प्रसववेदना (दण्डहीनता; मत्ती २४:१२; २ तिमोथी ३:३), (६) सांस्कृतिक प्रसववेदना (रुपैयाँ-पैसाको मोह, सुख-सुविधाको खोजी; २ तिमोथी ३:२), (७) पारिवारिक प्रसववेदना (आमाबाबुप्रति अनाज्ञाकारिता; २ तिमोथी ३:२), (८) इसाई प्रसववेदना (दुःख, सतावट, घृणा,सहिद हुने; मत्ती २४:९-१०; प्रकाश ६:९-११), (९) सुसमाचार प्रसववेदना (बहुधर्मबाद ; मत्ती २४:४-५,२३-२८; २ तिमोथी ३:२, ४-५), र (१०) विश्‍वव्यापी सुसमाचारीकरण प्रसववेदना (सबै जातिमा सुसमाचार; मत्ती २४:१४)।

हाम्रो जीवनमा यी दश प्रसववेदनाहरू आठ दुष्टताहरूको रूपमा ठोस प्रकारले प्रकट हुन्छन् र प्रसववेदनाको सिद्धान्तअनुसार भविष्यमा यी अझ खराब हुँदैजानेछन् (प्रसवको समय नजिकिँदा यी दुष्टताहरू तीव्र हुँदै जानेछन्, जस्तै: (१) गैरकानुनी गतिविधिहरू बढेर जानेछन् र अन्याय अझै व्याप्‍त हुनेछ, (२) आचारसंहिता र नैतिकता अझ पतन हुँदैजानेछ, जसको कारण परिवारहरूमा विखण्डन बढ्नेछ, (३) यौन भ्रष्टाचार द्रुत गतिमा बढ्नेछ र LGBTQ समुदायको आवाज चर्को हुनेछ, (४) चुनावी धोखाधडी बढ्नेछ जसले गर्दा राजनीति, अर्थतन्त्र, समाज, संस्कृति र शिक्षामा भ्रष्टाचार बढ्नेछ, (५) मानव विवेक तातो फलामले डामेको जस्तै बेकम्मा हुनेछ (१ तिमोथी ४:२), ठोस मूल्यमान्यताहरू हराएर जानेछन्, र सापेक्षवादी मूल्यमान्यताहरूले बढी महत्त्व पाउनेछन्, अनि झूटले सत्य भेष धारण गर्नेछ, (६) अझ गम्भीर किसिमका महामारीहरू फैलिनेछन्, (७) आणविक युद्धको खतरा बढ्दैजानेछ, र (८) जलवायु र वातावरण तीव्ररूपमा परिवर्तन हुनेछ।

यहाँ चाखलाग्दो कुरा के छ भने येशूको दोस्रो आगमनको नजिकै प्रसववेदनाको युगमा बाँचिरहेका धेरै इसाईहरूले यी कुराहरूमा अलिकति पनि चासो देखाउनेछैनन् भनेर येशूले अनौठो किसिमको भविष्यवाणी गर्नुभयो। उहाँले यसलाई नोआको दिनसँग जोडेर यसरी भविष्यवाणी गर्नुभयो कि त्यतिबेलाका इसाईहरू खाने, पिउने, विवाह गर्ने र दैनिक कामकाजमा व्यस्त हुनेछन्, र तिनीहरूले येशूको दोस्रो आगमनलाई बेवास्ता गर्नेछन् (मत्ती २४:३७-३९)। यो निस्सन्देह येशूको योजनाको भाग भएकोले त्यस्ता इसाईहरूको व्यापकतालाई पूर्वानुमान गर्दै चेतावनीपूर्ण भविष्यवाणी गर्नुभयो।

“दुई जना मानिसहरू खेतमा हुनेछन्; एक जना लगिनेछ र अर्को छोडिनेछ। दुई जना स्‍त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्; एक जना लगिनेछ र अर्की छोडिनेछ” (मत्ती २४:४०-४१)। त्यसकारण, येशूले चेतावनीसाथ यस्तो आज्ञा दिनुभयो: (१) अन्त्यसम्म दृढ रहनू (मत्ती २४:१३), (२) सधैँ जागा रहनू (मत्ती २४:४२), (३) येशूको दोस्रो आगमनको तयारी गर्नू (मत्ती २४:४४), र (४) येशू आउँदै हुनुहुन्छ भन्ने तथ्य सिकाउनू, बाँड्नू र घोषणा गर्नू (मत्ती २४:४५-२५:४६)।

यी आज्ञाहरू पालन गर्नेहरूलाई येशूले यस्ता नाउँहरूले सम्बोधन गर्नुभयो: “विश्‍वासी र बुद्धिमान् नोकरहरू” (मत्ती २४:४५), “धन्य नोकरहरू” (मत्ती २४:४६), “बुद्धिमानी कन्याहरू” (मत्ती २५:८), “असल र विश्‍वासी नोकरहरू” (मत्ती २५:२१), र “भेडाजस्ता नोकरहरू” (मत्ती २५:३२)। तिनीहरू येशूको बादलको आगमानमा (पारोसियामा) उठाई लगिने दुलहीहरू हुन् भनी उहाँले घोषणा गर्नुभयो (१ थेसलोनिकी ४:१६)।

तिनीहरूले पिताबाट आशिष् पाउनेछन् (Eurogemenoi in Greek; present perfect passive)। तिनीहरू संसारको उत्पत्तिदेखि पिताले तयार पार्नुभएको राज्यको उत्तराधिकारी हुनेछन् (मत्ती २५:३४)। तिनीहरूले थुमाको (येशूको) विवाह भोजमा दुलहीको रूपमा भाग लिनेछन् (प्रकाश १९:७-१०), येशूको दोस्रो आगमन (Epiphany) हुँदा तिनीहरू सहभागी हुनेछन् (प्रकाश १९:११-१७), र हजार वर्षको राज्यमा (प्रकाश २०:४) साथै नयाँ स्वर्ग र नयाँ पृथ्वीमा तिनीहरूले राजाहरूजस्ता भएर शासन गर्नेछन् (प्रकाश २१:२४)।

तर, आज्ञा पालन नगर्ने इसाईहरूलाई ‘दुष्ट नोकरहरू’ (मत्ती २४:४८), ‘मूर्ख स्‍त्रीहरू’ (मत्ती २५:८), ‘अल्छी नोकरहरू’ (मत्ती २५:२६), ‘बेकम्मा नोकरहरू’ (मत्ती २५:३०), र ‘बाख्राजस्ता नोकरहरू’ (मत्ती २५:३२) भनिन्छ। उठाई नलगिएका त्यस्ता व्यक्तिहरू सात वर्षको महासङ्कष्टमा पर्नेछन् भनी येशूले पहिल्यै भविष्यवाणी गर्नुभयो। उक्त अवधिमा उठाई नलगिएका इसाईहरूले भयङ्कर कष्ट भोग्नुपर्ने कुरा भनी येशूले उल्लेख गर्नुभयो (मत्ती २४:५१, २५:३०)। यी वचनहरू येशूका भविष्यवाणी भएका हुनाले पुरा हुनैपर्छ।

सम्पूर्ण पाठकहरूलाई येशूको दुलही बन्न थोरै भए पनि मद्दत गर्नु हो यस पुस्तकको उद्देश्य हो। यस पुस्तकको शीर्षक ‘यो संसार के हो?’ राखिएको छ। यसको विषयवस्तु यो संसार सृष्टिको उद्देश्य सिकाउने विद्यालय हो भन्‍ने अवधारणा वरिपरि घुमेको छ। यो पुस्तक यो युगमा हाम्रो आँखा अगाडि देखा परिरहेका गम्भीर प्रसववेदनाहरूमा केन्द्रित छ। म इमानदारीपूर्वक आशा गर्छु, कि यस पुस्तक मार्फत सबै पाठकहरूले समयको ज्ञान प्राप्‍त गरेर येशूका दुलहीहरूका लागि उम्मेदवार बन्न सकून्। स्वाभाविक रूपमा त्यस्ता व्यक्तिहरूलाई तुरही‍-वाहकह हुन डोर्‍याइएकप हुन्छन र तिनीहरूले यस प्रसववेदनाको युगमा येशूको दोस्रो आगमनको मात्र घोषणा गर्ने गर्छन्। तिनीहरू निश्‍चितरूपमा परमेश्‍वरको अनुग्रह र शान्तिले भरिनेछन् (रोमी १:७; १ कोरिन्थी १:३)। तिनीहरूलाई येशूकी शुद्ध दुलहीको श्रेणीमा लान माथि उचालिनेछ (प्रकाश १९:७-१०)। वास्तवमा मैले यो पुस्तक लेख्नुको मुख्य उद्देश्य यही हो। कृपया यो पुस्तक पढ्नुहोस्।

User Reviews