परमेश्वर प्रेम हुनुहुन्छ (१ यूहन्ना ४:८,१६)। हाम्रो परमेश्वर प्रेमको परमेश्वर हुनुहुन्छ (२ कोरिन्थी १३:११)। परमेश्वरको प्रेम त्रिएक परमेश्वरद्वारा संयुक्तरूपमा प्रदर्शन गरिन्छ। परमेश्वर पिताले प्रेम दिनुहुन्छ (उहाँ प्रेमी हुनुहुन्छ, यूहन्ना ३:१६; १७:२४; १ यूहन्ना ४:९), परमेश्वर पुत्रले उक्त प्रेम संसारलाई देखाउनुभयो (उहाँले प्रेम गर्नुभयो, रोमी ८:३९; कलस्सी १:१३), अनि परमेश्वर आत्माले उक्त प्रेम कार्यान्वयन गर्न उहाँलाई सामर्थ्य प्रदान गर्नुभयो (प्रेम गर्न सामर्थ्यवान तुल्याउनुभयो, रोमी १५:३०; गलाती ५:२२)।
परमेश्वरले आफ्ना चुनिएका जनहरूलाई यस्तो प्रेम गर्नुभयो (व्यवस्था ७:६-८,१३; सपन्याह ३:१७; यूहन्ना १४:२३), कि उहाँले तिनीहरूलाई मुक्ति दिनुभयो। परमेश्वरले आफ्नो एक मात्र पुत्र, येशू जो ईश्वरत्वको दोस्रो व्यक्ति हुनुहुन्छ, उहाँलाई संसारमा पठाउनुभएर कलबरी डाँडाको क्रूसमा आफ्नो प्रेम प्रदर्शन गर्नुभयो (यूहन्ना ३:१६; रोमी ५:८; गलाती २:२०)। यो हाम्रो भलाइ र धार्मिकताको कारण होइन, तर यो त परमेश्वरले आफ्ना जनहरूमाथि प्रदान गर्नुभएको एकतर्फी बिनासर्तको प्रेमको कारणले गर्दा हो (१ यूहन्ना ४:१०)।
परमेश्वरले आफ्ना सन्तानहरूलाई दिनुभएको प्रेम तिनीहरूमा रहोस् भनी चाहनुहुन्छ (यूहन्ना १५:९-१०)। परमेश्वरलाई प्रेम गर्ने र उहाँको जस्तै चरित्र भएका उहाँका सन्तानहरूले स्वभाविकरूपमा पवित्र आत्माको नौ वटा फलहरू फलाउँछन् (गलाती ५:२२-२३)। ती नौ वटा फलहरूमध्ये प्रेम सबैभन्दा सर्वोत्तमचाहिँ प्रेम हो (१ कोरिन्थी १३:१,१३)। परमेश्वरको प्रेममा रहने व्यक्ति परमेश्वरमा रहन्छ अनि परमेश्वर पनि उसमा वास गर्नु हुन्छ (यूहन्ना १७:२४-२६; १ यूहन्ना २:५; ४:१६)।
अर्को कुरा के हो भने जसरी परमेश्वरले तिनीहरूलाई प्रेम गर्नुभयो, त्यसरी नै तिनीहरूले एक-आपसमा प्रेम गरेको परमेश्वर चाहनुहुन्छ (यूहन्ना १३:३४-३५; १ यूहन्ना ४:७)। यहोवा परमेश्वर स्वयम् संसारमा आउनुभई बलिदान हुनुभएर परमेश्वरको प्रेम देखाउनुभयो। उहाँ स्वयम् बलिदानपूर्ण भेटी हुनुभएर आफ्नो जीवन हाम्रो लागि अर्पण गर्नुभयो (एफिसी ५:२)। त्यसैकारणले गर्दा येशूले हामीलाई यसरी सिकाउनुभयो, “आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन” (यूहन्ना १५:१३)।
परमेश्वरको प्रेम दिनु भनेको मुक्तिको आशिषित समाचार दिनु हो। हामीले त्यसो गर्नको निम्ति, हाम्रो जीवनको हरेक पक्षमा हामीले आफूलाई बलिदान गर्नुपर्छ (यूहन्ना १२:२४-२६)। सुसमाचारको निम्ति बलिदानपूर्ण जीवन जिउनको लागि परमेश्वरको प्रेमको विशेषतालाई हामीले दिनदिनै मनन गर्नुपर्छ ताकि पवित्र आत्माको अभिषेकद्वारा परमेश्वरको यो प्रेम हाम्रो हृदयमा फैलिन सकोस् (यशैया ६१:२; २ कोरिन्थी १:२१; १ यूहन्ना २:२०,२७)। आफूले प्राप्त गरेको परमेश्वरको प्रेम आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरू र अरू जातिका मानिसहरूको समूहमा बाँड्ने इसाईहरूले नै परमेश्वरलाई साँचो प्रेम गर्दछन्। तिनीहरू नै साँचोरूपमा खुसी र आनन्दित इसाईहरू हुन्; अनि तिनीहरूको जीवनमा भएको यो साँचो खुसी र आनन्दलाई संसारको कुनै किसिमको मूर्तिहरूले प्रतिस्थापन गर्न सक्दैन।
Mr. Bijay Bajagain
Evangelist
यस तालिमले मण्डलीलाई आत्मिकरूपमा हुर्काउन मलाई धेरै ठूलो सहायता पुगेको छ।
Bishnulal Praja
Pastor
यो बाइबल अध्ययन मेरो प्रार्थनाको उत्तर हो।
Ramesh Century
Pastor, Living Faith Church
यो तालिमले सुसमाचार प्रचार गर्न र विश्वासीहरूलाई हुर्काउन धेरै सहायता मिलेको छ।
Shyam Shrestha
Translator
थोमस ह्वाङ्को शिक्षाहरूमा मैले धेरै आत्मिक रहस्यहरू भेट्टाएँ। परमेश्वरको महिमा होस्।।