संसारमा धेरै धर्महरू छन्, र प्रत्येक धर्मले आफ्नै ईश्वरको आराधना गर्छ। आधुनिक धर्महरूलाई दुई वर्गमा विभाजन गर्न सकिन्छ- एकईश्वरवादी धर्म र बहुईश्वरवादी धर्म। धेरै देवी-देवताहरूमा (मूर्तिहरूमा) विश्वास गर्ने सिद्धान्तमा आधारित धर्मलाई बहुईश्वरवादी भनेर परिभाषित गरिन्छ र संसारको प्रायजसो धर्महरू यसैअन्तर्गत पर्दछन्। अर्को पक्षलाई हेर्ने हो भने एउटा मात्र ईश्वरमा विश्वास गर्ने धर्मलाई एकईश्वरवादी भनिन्छ। इसाई धर्म, इस्लाम धर्म र यहूदी धर्म एकईश्वरवादी धर्मअन्तर्गत पर्दछन्।
वर्तमान परिप्रेक्ष्यलाई हेर्ने हो भने धेरै धर्महरू बहुईश्वरवादी धर्मअन्तर्गत पर्दछन्; जस्तै: बौद्ध धर्म (Buddhism), हिन्दू धर्म (Hinduism), स्थानीय लोक धर्म (Folk Religion), कन्फुसियस धर्म (Confucianism), ताओ धर्म (Taoism), शिन्तो धर्म (Shintoism), जोरास्त्रो धर्म (Zoroastrianism), शिख धर्म (Sikhism) आदि। यस्ता धर्महरूमा अनुयायीहरूको सामाजिक तहअनुसार थुप्रै देवी-देवता र भगवानहरूको अस्तित्व रहेको हुन्छ।
अर्को कुरा के हो भने बहुईश्वरवादी धर्महरूमा जडात्मावादको (Animism) अवधारणा रहेको हुन्छ। सबै थोकमा ईश्वरहरूको अस्तित्व हुन्छ भनेर गरिने विश्वासको अवधारणालाई नै जडात्मवाद भनिन्छ। उदाहरणको लागि हेर्ने हो भने रूखहरूमा, चट्टानहरूमा, बोट-बिरूवाहरूमा, जनावरहरूमा, पहाडहरूमा, हिमालहरूमा, नदीहरूमा ईश्वरहरू हुन्छन् भनी जडात्मवादीहरूले दावी गर्छन्। जडात्मवादको अवधारणा विकास हुँदै अहिलेको आधुनिक समयमा अर्को नयाँ अवधारणा निस्केको छ, जसअनुसार प्रत्येक मानिसभित्र ईश्वर (अथवा आत्मा) हुन्छ भन्ने गरिन्छ। यो अवधारणालाई नयाँ युग अभियान (New Age Movement) भनिन्छ र यसले मानिसहरू ईश्वरहरू बन्न सक्छ भनी विश्वास गरी मानिसलाई ईश्वरको तहमा उचाल्छ।
हामी बस्ने संसार र यो ब्रह्माण्ड पनि ईश्वर हो भनी नयाँ युग अभियानकर्ताहरूले विश्वास गर्छन्। अझै भन्ने हो भने, तिनीहरूले यस्तो विश्वास स्थापित गरेका छन्, कि यो संसारको हरेक वस्तु ब्रह्माण्डको भाग भएको हुनाले हरेक थोक ईश्वर हुनसक्छ। नयाँ युगमा लाग्नेहरूले दाबी गर्ने यस किसिमको विश्वासको सिद्धान्तलाई सर्वेश्वरवाद (Pantheism) भनिन्छ।
यस किसिमका बहुईश्वरवादको अवधारणाहरूभन्दा फरक एकईश्वरवादले चाहिँ एक मात्र ईश्वरमा विश्वास गर्ने धर्महरूलाई बुझाउँछ। यहूदी धर्म (Judaism), इस्लाम धर्म र इसाई धर्म (Christianity) यो वर्गमा पर्ने विशेष उदाहरणहरू हुन्। यी तीन वटै एकईश्वरवादी धर्महरू उही धार्मिक पृष्ठभूमिबाट आएका हुनाले यी धर्महरूले उही ईश्वरकै सेवा गर्ने हुन् कि भनी मानिसहरू अलमल्ल पर्नसक्ने सम्भावना रहन्छ।
विशेष गरी माथि उल्लेखित एकईश्वरवादी तीन धर्ममा विश्वास गर्ने मानिसहरूले सामान्यतया अब्राहामको वंशावलीमा सम्बन्ध राख्ने गर्छन्। यहूदीहरू अब्राहामकी पहिलो पत्नी साराको छोरा इसहाकका सन्तानहरू हुन्। मुस्लिमहरूचाहिँ अब्राहामको रखौटी पत्नी हागारको छोरा इश्माएलका सन्तानहरू हुन्। इसाईहरूचाहिँ अब्राहमको आत्मिक सन्तानहरू हुन्, जसलाई करारको सन्तान पनि भनिन्छ (रोमी ९:८; गलाती ४:२८)। यी धर्महरूले अब्राहामको वंशसँग सम्बन्ध राख्ने भएकोले गर्दा, धर्मशास्त्रमा भएका पात्रहरू, घटनाहरू र कथाहरूको पृष्ठभूमिलाई केलाउँदा यी तीन धर्महरू आंशिकरूपमा उस्तै देखिन्छन्।
त्यसैले धेरै मानिसहरू इसाई धर्मको ईश्वर, यहूदी धर्मको ईश्वर र इस्लाम धर्मको ईश्वर उही अथवा उस्तै-उस्तै हो भनी विचार गर्ने गर्छन्। तर तिनीहरू पूर्णरूपमा पृथक छन्। इसाईहरूका ईश्वर, यहूदीहरूका ईश्वर र मुस्लिमहरूका ईश्वरको बीचमा थुप्रै भिन्नताहरू छन् र हामीले ती भिन्नताहरू स्पष्टसँग बुझ्नैपर्छ।
Mr. Bijay Bajagain
Evangelist
यस तालिमले मण्डलीलाई आत्मिकरूपमा हुर्काउन मलाई धेरै ठूलो सहायता पुगेको छ।
Bishnulal Praja
Pastor
यो बाइबल अध्ययन मेरो प्रार्थनाको उत्तर हो।
Ramesh Century
Pastor, Living Faith Church
यो तालिमले सुसमाचार प्रचार गर्न र विश्वासीहरूलाई हुर्काउन धेरै सहायता मिलेको छ।
Shyam Shrestha
Translator
थोमस ह्वाङ्को शिक्षाहरूमा मैले धेरै आत्मिक रहस्यहरू भेट्टाएँ। परमेश्वरको महिमा होस्।।