परमेश्वरको पहिचानको चरित्रसम्बन्धी विशेषता भनेको परमेश्वरको दया हो। परमेश्वर भलो हुनुहुन्छ अनि उहाँको दया सदासर्वदा रहिरहन्छ (२ इतिहास ५:१३-१४; लूका १:५०)। पापको कारणले गर्दा दयनीय अवस्थामा भएका आफ्ना सन्तानहरूलाई परमेश्वरले हेर्नुहुन्छ (नहेम्याह ९:३१; विलाप ३:२२-२३; लूका १:७२)। तसर्थ, तिनीहरूले दुष्टताको मार्गको निम्ति पश्चाताप गरेर परमेश्वरतर्फ फर्कन्छन् भने उहाँले तिनीहरूका पाप क्षमा गर्नुहुन्छ र निरन्तर तिनीहरूमाथि असीमित दया गर्नुहुन्छ (यशैया ५५:७; इजिकएल ३३:११-१९; १ पत्रुस २:१०)।
ठाडो आज्ञा (Vertical Commandment) उलङ्घन गर्ने इसाईहरूलाई परमेश्वरले घृणा गर्नुहुन्छ (प्रस्थान २०:१-११; मत्ती २२:३८)। त्यसको मतलब परमेश्वरलाई भन्दा मूर्तिहरूको सेवा गर्नेहरूलाई उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ, किनभने त्यस्तो क्रियाकलापले परमेश्वरको आत्मसम्मानमा गम्भीर चोट पुग्दछ। तर हाम्रो दयालु परमेश्वरले विभिन्न मूर्तिहरूको सेवा गरी पापमा परेका इसाईहरू पश्चाताप गरी उहाँकहाँ फर्किआउनेछन् भनी धैर्यताका साथ प्रतिक्षा गर्नुहुन्छ (भजन १०२:१३; २ पत्रुस ३:९)। इसाईहरूले जुनसुकै देवी-देवता र मूर्तिहरूको सेवा गरे तापनि परमेश्वरले तिनीहरूमाथि बिनासर्त दया गर्नुहुन्छ भनी धरै मानिसहरूले मानवीय परिप्रेक्ष्यबाट विचार गर्ने गर्दछन्। तर, यो परमेश्वरको दयाको पूर्ण गलत बुझाइ हो।
परमेश्वर दयालु हुनुहुन्छ भन्नुको साँचो अर्थ उहाँ धिरजी हुनुहुन्छ र पापीहरूले पश्चाताप गर्नेछन् भनी उहाँले प्रतिक्षा गर्नुहुन्छ। यसको मतलब उहाँले अधार्मिकतालाई छुट दिनुहुन्छ भन्ने कदापि होइन। त्यही कारणले यहोवा परमेश्वरले मोशाद्वारा इस्राएलीहरूलाई भन्नुभयो, “परमप्रभु, परमप्रभु टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्वर, जो क्रोध गर्नमा ढिलो, र प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ। उहाँले हजारौँ हजारमाथि कृपा देखाउनुहुन्छ, र दुष्टता, विद्रोह र पाप क्षमा गर्नुहुन्छ। तर उहाँले दोषीलाई कुनै किसिमले पनि सजाय दिनुहुन्छ। पिता-पुर्खाका दुष्टताको दण्ड तिनीहरूका छोराछोरी, नातिनातिना, र तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ” (प्रस्थान ३४:६-७; २०:५-६; भजन १०३:८)।
परमेश्वरले आफ्ना सन्तानहरूलाई दण्ड दिनुको कारण के हो भने, तिनीहरूले आफ्ना पापहरू महसुस गरेर पश्चाताप गर्दै पापपूर्ण चालहरूबाट फर्कून् भनी उहाँ चाहनुहुन्छ। त्यसैले परमेश्वरको दण्डलाई फराकिलो अर्थमा हेर्ने हो भने त्यो वास्तवमा दण्ड नभएर उहाँको दया प्रकट गर्ने तरिका हो। इस्राएलीहरूका विभिन्न चाड र उत्सवहरूमध्ये पश्चाताप गर्ने दिन विशेष चाड हो (लेवी १६:१-३४)। उक्त दिन आएपछि, इस्राएलीहरूको प्रतिनिधित्व गर्दै प्रधान पूजाहारीले महा पवित्र स्थानमा प्रवेश गरी प्रायश्चितको थुमाको रगत कृपा-आसनमाथि छर्कने गर्थे। त्यसपछि मानिसहरूको पापहरू क्षमा हुन्थ्यो (प्रायश्चित हुन्थ्यो)। ‘कृपा-आसन’ले परमेश्वरको दया खन्याइने विशेष स्थानलाई बुझाउँछ; र त्यसको साथै ‘पापहरूको प्रायश्चित’ पनि यसको अर्थ हुन्छ (cover, kaphar in Hebrew, प्रस्थान २५:१७,२२; लेवी १६:१५)।
इसाईहरूले आफ्नो सुरुको मूल पापको निम्ति प्रायश्चित गरिसकेका हुनाले तिनीहरू परमेश्वरबाट सबैभन्दा ठूलो दया प्राप्त गरेका मानिसहरू हुन्। त्यसकारण, हामी इसाईहरूले दैनिकरूपमा निरन्तर परमेश्वरको क्षमादान र दया प्राप्त गर्ने भएकोले गर्दा हामीले परमेश्वरलाई भन्दा धन-सम्पत्ति, शक्ति-अधिकार, पद-प्रतिष्ठा, शैक्षिक उपलब्धि, आदर, छोराछोरी, परिवार र असल स्वास्थजस्ता कुराहरूलाई मूर्तिको रूपमा तिनीहरूलाई प्रेम गर्नुहुँदैन। यस प्रकार आफूलाई परमेश्वरप्रति समर्पित गरेर उहाँलाई प्रेम गर्ने इसाईहरूले हरेक दिन उहाँबाट अझ धेरै मात्रामा दया पाउनेछन् (भजन १८:२५; मत्ती ५:७; एफिसी २:४; १ तिमोथी १:२; २ तिमोथी १:२; तीतस १:४; याकूब ५:११)। त्यही कारणले गर्दा येशूले यस्ता मानिसहरूलाई धन्य (आशिषित) भन्नुभयो (मत्ती ५:७)। यस किसिमको दयालु मानिसहरू हुन प्रयत्न गर्ने अनि परमेश्वरको दयाप्रति दिनहु मनन गर्ने र आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरू र अरू जातिका मानिसहरूप्रति दया देखाउनेहरू नै सृष्टिको उद्देश्यअनुसार जिउने मानिसहरू हुन्।
Mr. Bijay Bajagain
Evangelist
यस तालिमले मण्डलीलाई आत्मिकरूपमा हुर्काउन मलाई धेरै ठूलो सहायता पुगेको छ।
Bishnulal Praja
Pastor
यो बाइबल अध्ययन मेरो प्रार्थनाको उत्तर हो।
Ramesh Century
Pastor, Living Faith Church
यो तालिमले सुसमाचार प्रचार गर्न र विश्वासीहरूलाई हुर्काउन धेरै सहायता मिलेको छ।
Shyam Shrestha
Translator
थोमस ह्वाङ्को पुस्तकहरू अनुवाद गर्दा मैले धेरै आत्मिक रहस्यहरू भेट्टाएँ।